ए-डिभिजन फुटसल लिग आजबाट, १० टोली उपाधिको लागि प्रतिस्पर्धा गर्दै

काठमाडौं। ए-डिभिजन राष्ट्रिय फुटसल लिग आज (शनिवार)बाट सुरु हुँदैछ।

पोखरास्थित कभर्ड हलमा असोज २ देखि २२ गतेसम्म आयोजना हुने ए-डिभिजन राष्ट्रिय फुटसल लिगमा कुल १० टोलीले प्रतिस्पर्धा गर्दै छन्। प्रतियोगितामा धरानबाट दुई, रुपन्देहीबाट दुई, पोखराबाट दुई तथा काठमाडौंबाट चारवटा टोली सहभागी रहेका छन्।

May be an image of 5 people, people sitting, people standing and text that says "Division National Futsal League 2078 (Sept 18-Aug Pre-League Press Conference September 17, 2021 LUMBINIFUISAL DHUKU OS ANFA"

२१ दिनसम्म चल्ने यस प्रतियोगिता डबल राउण्ड रबिन फर्म्याटमा खेलिने छ। प्रतियोगितामा काठमाडौंबाट स्काई गोल्स फुटसल, शंखमुल फुटसल, ढुकु फुटसल र प्रभातफेरी फुटसल क्लबले सहभागिता जनाएका छन्। त्यस्तै धरानबाट फुटसल ५ र द राइजिङ क्लब, पोखराबाट स्पोर्ट्स कासल र सबिन मेमोरियल क्लब र रुपन्देहीबाट लुम्बिनी फुटसल र झरना स्पोर्ट्स क्लबले प्रतिस्पर्धा गर्दै छन्।

प्रतियोगिताअन्तर्गत आज पहिलो दिन दुई खेलको तालिका रहेको छ। अपरान्ह २ बजेदेखि खेलिने पहिलो खेलमा द राइजिङ क्लब धरानले स्काई गोल्स काठमाडौंसँग प्रतिस्पर्धा गर्दैछ। त्यस्तै अपरान्ह ४:३० बजेदेखि सुरु हुने दोस्रो खेलमा स्पोर्ट्स कासल पोखराले प्रभातफेरी युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछ।

May be an image of ‎text that says "‎MATCHES Ashwin 02 >>> TODAY CLUB ר THE RISING CLUB SKY GOALS MATCH 01 14:00 15:55 SKY GOALSE SPORTS CASTLE VS PRABHATPHERI MATCH 02 16:30-17:55 PRABHATPHERI NATIONAL FUTSAL -LEAGUE- #ABAPALOFUTSALKO CATCHLIVE ACTION ON KANTIPUR Cineplex‎"‎

प्रतियोगिताको विजेता टोलीले उपाधिसँगै नगद रुपैयाँ दश लाख पाउनेछ भने दोस्रो हुने टोलीले नगद रुपैयाँ पाँच लाख प्राप्त गर्नेछ। त्यस्तै हरेक विधाका उत्कृष्ट खेलाडीले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने हरेक खेलको ‘म्यान अफ दि म्याच’ले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?