राष्ट्रपति भण्डारीद्वारा राजदुत नियुक्त, को कहाँ ?

काठमाडौँ, २ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले जर्मनीका लागि नेपाली राजदुत रमेशप्रसाद खनाललाई सर्वियाका लागि समेत गैरआवासीय नेपाली राजदुतमा नियुक्त गरेकी छन् ।नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा खनाललाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।त्यसैगरी, राष्ट्रपति भण्डारीले थाइल्यान्डका लागि नेपाली राजदुत खगनाथ अधिकारीलाई भियतनामका लागि समेत गैरआवासीय नेपाली राजदुत पदमा नियुक्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?