९ कार्तिक २०७८, मंगलवार

टोकियो म्याराथुन अर्को बर्ष हुनेगरी स्थगित

२०७८,आश्विन,१,शुक्रवार २१:३६

54
Shares

टोकियो । जापानको राजधानी टोकियोमा हुने तय भएको टोकियो म्याराथुन प्रतियोगिता अर्को बर्ष हुनेगरी सरेको छ ।

अर्को बर्ष सन् २०२२ को मार्चमा हुनेगरी प्रतियोगिता पछाडि सारिएको आयोजकहरूले शुक्रबार जानकारी दिएका छन् ।
कोरोनाभाइरसको महामारी र टोकियोमा जारी प्रतिवन्धात्मक व्यवस्थाका कारण प्रतियोगिता पछाडि सार्नु परेको आयोजकले जनाएको छ ।

जापानमा पछिल्लो समय कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको देखिएपनि महामारीको खतरा भने बाँकी नै रहेको अधिकारीहरूको निश्कर्ष छ ।

“कोरोनाभाइरसको महामारी थप फैलिनसक्ने देखिएकाले अर्को बर्ष सन् २०२२ को मार्च ६ तारिखमा हुनेगरी टोकियो म्याराथुन २०२१ सरेको छ,” टोकियो म्याराथुन फाउण्डेसनद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

प्रतियोगिता सुरुमा यसै बर्ष सन् २०२१ को मार्चमा हुनेगरी तय गरिएकोमा कोभिड–१९ को कारण आगामी अक्टोबरका लागि सारिएको थियो । तर टोकियोमा अहिले पनि संकटकाल लागु भइरहेकाले प्रतियोगिता फेरि सार्नु परेको हो ।

प्रतियोगितामा ३८ हजार धावकहरू सहभागी हुने गरी नामावली आइसकेको आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०७८,आश्विन,१,शुक्रवार २१:३६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काडमाडौं । मेयर कप भेट्रान फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा झापा भेट्रान फुटबल क्लब र बुटवल नगरपालिकाले सुखद नतिजा

काठमाडौं । अक्टोबरमा हालसम्म एक लाखभन्दा बढी पर्यटकहरुले माल्दिभ्सको भ्रमण गरेका छन् । राज्यको स्वामित्वमा रहेको पीएसएम न्यूजले त्यहाँको पर्यटन

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र ब्रिटिस प्रधानमन्त्री बोरिस जोन्सनबीच फोनवार्ता भएको छ । उनीहरुबीच सोमबार फोनवार्ता भएको रुसी

काठमाडौं । चीनमा ४० लाख जनसंख्या भएको एक शहरमा मंगलबार पुनः लकडाउन लागू गरिएको छ । गाँसू प्रान्तको राजधानी लानजू

ताजा समाचार

गोदावरी पुष्प प्रदर्शनी शुक्रवार
 २०७८,कार्तिक,९,मंगलवार २२:२४
मुलुक संकटतर्फ धकेलियो – प्रवक्ता महरा
 २०७८,कार्तिक,९,मंगलवार २२:१५
मुलुकको हितका लागि जसपाको उदय : नेता यादव
 २०७८,कार्तिक,९,मंगलवार २१:४६
पहिलो चरणमा ४८ कामदार दक्षिण कोरिया जाँदै
 २०७८,कार्तिक,९,मंगलवार २०:५७