९ कार्तिक २०७८, मंगलवार

सञ्चार प्रविधिको प्रयोगले मालपोत कार्यालयको राजश्व वृद्धि

२०७८,आश्विन,१,शुक्रवार २०:४१

72
Shares

मोरङ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलले मालपोत कार्यालयले सञ्चार प्रविधिको प्रयोगले राजश्व वृद्धि भएको बताएका छन् ।

प्रदेश नं १ स्तरीय भूमिसुधार तथा मालपोत कार्यालयद्धारा आज यहाँ आयोजित वार्षिक समिक्षा तथा अन्तरक्रिया कार्यक्रममा उनले प्रविधिको प्रयोगका कारण राजश्व वृद्धि भई मालपोत कार्यालयले गत आर्थिक वर्षमा ५७ अर्व ५० करोड रुपैयाँ सङ्कलन गरेको जानकारी दिए । निर्देशक पौडेलले सेवाप्रवाहलाई सुलभ र सरल बनाई नागरिकको विश्वासआर्जनतर्फ ध्यान दिन निर्देशनसमेत दिए ।

सहभागीले पटकपटक सर्भर बन्द हुने समस्याको समाधान एवम् विगत दुई वर्षदेखि जग्गाको मुल्याङ्कन परिवर्तन भएकोले सच्याउन पर्ने सुझाव दिएका थिए ।

गत आर्थिक वर्षमा मुलुकभरका भूमिसुधार तथा मालपोत कार्यालयले १८ लाख लिखत पास गरेका थिए । अन्तरक्रियामा प्रदेशका १४ जिल्लाका २५ वटा भूमिसुधार तथा मालपोत कार्यालयका कार्यालय प्रमुखको सहभागिता रहेको छ ।

प्रकाशित मिति: २०७८,आश्विन,१,शुक्रवार २०:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीबाट सेयरधनीलाई नगद लाभांश प्रदान गर्दा सबै विवरण स्पष्ट हुने गरी बैंक खातामा पठाउन

काठमाडौं। चालू आर्थिक वर्षको दोस्रो महिना (भदौ)मा चालू खाता १०६ अर्ब ७५ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो (भदौ) महिनामा रेमिट्यान्स (विप्रेषण आप्रवाह) ६.३ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले  सार्वजनिक

काठमाडौं । निरन्तर ओरालो लागिरहेको सेयर बजार पुन: लयमा फर्किएको छ । साताको तेस्रो कारोबार दिन आज (मंगलबार) पनि सेयर

ताजा समाचार

गोदावरी पुष्प प्रदर्शनी शुक्रवार
 २०७८,कार्तिक,९,मंगलवार २२:२४
मुलुक संकटतर्फ धकेलियो – प्रवक्ता महरा
 २०७८,कार्तिक,९,मंगलवार २२:१५
मुलुकको हितका लागि जसपाको उदय : नेता यादव
 २०७८,कार्तिक,९,मंगलवार २१:४६
पहिलो चरणमा ४८ कामदार दक्षिण कोरिया जाँदै
 २०७८,कार्तिक,९,मंगलवार २०:५७