९ कार्तिक २०७८, मंगलवार

२५ लाख जरिवाना फैसला भएका श्रेष्ठ पक्राउ

२०७८,आश्विन,१,शुक्रवार १९:५४

144
Shares

काठमाडौं। उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा २५ लाख जरिवाना तोकिएका हिरालाल श्रेष्ठलाई आज प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनले २०७८ असार २९ गते श्रेष्ठलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम १० दिन कैद र रु २५ लाख जरिवानाको फैसला गरेको थियो ।

हालसम्म फरार भएका प्रतिवादी श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगङ्जको टोलीले ललितपुरबाट पक्राउ गरेको हो । खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १० घर भई भक्तपुर बस्ने बस्ने ३२ वर्षीय श्रेष्ठलाई आज पक्राउ पश्चात प्रहरीले सार्वजनिक गरेको हो ।

प्रतिवादीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी झुक्यानमा पारी पीडितलाई सेञ्चुरी बैंकको चेक दिएका थिए । फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताए ।

प्रकाशित मिति: २०७८,आश्विन,१,शुक्रवार १९:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनगढी । थ्रेसरको भाउ बढेपछि धनगढीका किसान चिन्तित भएका छन् । थ्रेसर प्रयोगले धान झार्न सहज भए पनि ज्याला महँगिएका

भनिन्छ नि ‘अ पिक्चर इज वर्थ अ थाउजेन्ड वोड्स’, अर्थात् एउटा तस्बिर हजारौँ शब्दभन्दा भारी हुन्छ । टर्कीका फोटोग्राफर मेहमेत

बलेवा । बागलुङमा बेमौसमी वर्षाले कोदोबालीमा ठूलो क्षति पुर्याएको छ । यही कात्तिकको पहिलो साता तीन दिनसम्म भएको भारी वर्षाले

काठमााडौं । बाढी, पहिरो र डुबानबाट प्रभावित सुदूरपश्चिमका किसानहरुले प्रदेश सरकार समक्ष राहत र पुनस्र्थापनाको माग गरेका छन् । सुदूरपश्चिम

ताजा समाचार

गोदावरी पुष्प प्रदर्शनी शुक्रवार
 २०७८,कार्तिक,९,मंगलवार २२:२४
मुलुक संकटतर्फ धकेलियो – प्रवक्ता महरा
 २०७८,कार्तिक,९,मंगलवार २२:१५
मुलुकको हितका लागि जसपाको उदय : नेता यादव
 २०७८,कार्तिक,९,मंगलवार २१:४६
पहिलो चरणमा ४८ कामदार दक्षिण कोरिया जाँदै
 २०७८,कार्तिक,९,मंगलवार २०:५७