कप्तान मल्लको अर्धशतकिय पारीको बावजुद अमेरिकाविरुद्ध नेपाल १७४ रनमै अलआउट

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र अमेरिकाबीच जारी अन्तराष्ट्रिय एकदिवसीय खेलमा नेपालले अमेरिकालाई १७५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।

ओमानको राजधानी मस्कटस्थित अल अमेरट क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५५ रनको अर्धशतकिय पारी खेल्दा ओपनर कुशल भुर्तेलले ३६ रनको योगदान दिएका थिए। त्यस्तै नेपालका लागि डेब्यू गरेका युवा खेलाडी गुलशन झाले २८ रनको पारी खेल्दा अन्य ब्याट्सम्यान भने सस्तोमै पविलियन फर्केका थिए।

May be an image of one or more people, people playing sport and people standing

नेपाललाई ४८ ओभरमा नै समेट्ने क्रममा अमेरिकाका कप्तान तथा तिब्र गतिका बलर सौरभ नेत्रभल्करले सर्वाधिक ४ विकेट लिएका थिए। त्यस्तै अर्का तिब्र गतिका बलर काइल फिलिपले ३ विकेट लिंदा गोरे, हाचिनसन र केनिगेले समान ११ विकेट लिएका थिए।

नेपालले अब निर्धारित ५० ओभरमा अमेरिकालाई १७५ रनको लक्ष्य पुग्नबाट रोक्ने प्रयास गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?