९ कार्तिक २०७८, मंगलवार

गौरीगंगा नगरपालिकामा लगाइएको तालाबन्दी खुल्यो

२०७८,आश्विन,१,शुक्रवार १९:२६

81
Shares

कैलाली । कैलालीको गौरीगंगा नगरपालिकामा सोमबारदेखि लगाइएको तालाबन्दी पाचौँ दिन कार्यपालिका सदस्यहरुको अपिलमा खुलेको छ ।

गठबन्धनका दलहरुले नगरपालिकामा देखिएका अनियमितताको यथार्थ छानबिन गरी सार्वजनिक गर्न माग गर्दै नगरपालिकामा गरेको तालाबन्दीप्रति नगरप्रमुख भिम बहादुर देउवाले कुनै चासो नदेखाएपछि कार्यपालिका सदस्यहरुले उचित मागको सम्बोधन गर्ने प्रतिबद्धतासहित ताला खोल्न अपिल गरेपछि शुक्रबार ताला खुलेको हो ।

समस्या समाधानका लागि समिति बनाउने विषयमा सहमति हुन नसक्दा लम्बिएको तालाबन्दीले सेवाग्राहीहरुलाई पर्ने प्रत्यक्ष असरलाई मध्यनजर गर्दै सदस्यहरुको अपिलमा ताला खोलिएको नेपाली कांग्रेस नगर सभापति काशीराम शर्माले बताए।

नगरप्रमुखको संरक्षणमा अनियमितता भ्रष्टाचार र बेथिति बढेको भन्दै पाँच राजनीतिक दलहरुले गरेको अनिश्चितकालीन तालाबन्दी शुक्रबार खुलेको हो ।

नगरपालिकामा आर्थिक बर्ष २०७६/०७७ र २०७७/०७८ को नदिजन्य पदार्थको आयव्यय, राजस्व, कृषि शाखा, स्वास्थ्य शाखा, शिक्षा शाखा र नगरपालिकाका गाडीको आयव्यय, बेरुजु रकम लगाएको बिषयमा कार्यपालिका सदस्यको संयोजकत्वमा पाँच राजनीतिक दलका जनप्रतिनिधि कार्यपालिका सदस्यको प्रतिनिधित्व हुनेगरी सात सदस्यीय छानबिन समिति यहि असोज ६ गते बस्ने कार्यपालिका बैठकबाट कार्यान्वयनमा ल्याउने सहमतिमा तालाबन्दी खोलिएको कार्यपालिका सदस्य भक्त बहादुर विकले जानकारी दिए ।

प्रकाशित मिति: २०७८,आश्विन,१,शुक्रवार १९:२६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनगढी । थ्रेसरको भाउ बढेपछि धनगढीका किसान चिन्तित भएका छन् । थ्रेसर प्रयोगले धान झार्न सहज भए पनि ज्याला महँगिएका

काठमाडौं । क्रियाशील सदस्यता वितरण र नवीकरण न्यायसंगत नभएको भन्दै नेपाली कांग्रेस रौतहटका नेता कार्यकर्ता कांग्रेस मुख्यालय सानेपामा धर्ना बसेको

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायालयको मामिलामा कांग्रेसले हस्तक्षेप नगर्ने बताएका छन् । मंगलबार

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर भित्र सम्पन्न हुने गरी १४ औं महाधिवेशनको कार्यतालिका बनाउन पार्टीको

ताजा समाचार

गोदावरी पुष्प प्रदर्शनी शुक्रवार
 २०७८,कार्तिक,९,मंगलवार २२:२४
मुलुक संकटतर्फ धकेलियो – प्रवक्ता महरा
 २०७८,कार्तिक,९,मंगलवार २२:१५
मुलुकको हितका लागि जसपाको उदय : नेता यादव
 २०७८,कार्तिक,९,मंगलवार २१:४६
पहिलो चरणमा ४८ कामदार दक्षिण कोरिया जाँदै
 २०७८,कार्तिक,९,मंगलवार २०:५७