मोटरहेडको “टेक्कन आर २५०” मोटरसाइकल सार्वजनिक

लोकपथ
676
Shares

काठमाडौं । चिनियाँ ब्रान्डको अफरोड बाइक मोटरहेडको मोटरसाइकल सार्वजनिक भएको छ ।

मोटरहेड मोटरसाइकलको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मोटरसाइकल सार्वजनिक गरेको हो । आज सार्वजनिक भएको मोटरसाइकल “टेक्कन आर २५०” नेपाली बजारमा ४ लाख ५ हजार रुपैयाँमा पाइने छ भने यसमा २२३ सीसी क्षमताको इन्जिन रहेको छ ।

यो बाइकले अधिकतम १२.५ किलोवाट पावर र टर्क १७ एनएम दिने बताइएको छ ।

एसएलआर टेक्नो एन्ड ट्रेड कम्पनिले विगत ५ बर्षदेखि मोटरहेड ब्रान्डको डार्ट, क्रसओभर र स्क्र्याम्ब्लर सेग्मेन्टका बाइकलाई बिक्रि गर्दै आएको छ । फराकिलो र ठूलो टायर, उच्च ग्राउन्ड क्लियरेन्स, उच्चतम पर्फमेन्स र आरामदायी फिचर्स भएको मोटरहेड मोटरसाइकल नेपालको सबै भूगोलका लागि उपयुक्त हुनुको साथै युवाहरु माझ लोकप्रिय बन्दै गएको कम्पनीले बताएको छ । मोटरहेड मोटरसाइकल देशका विभिन्न १४ स्थानमा रहेको डिलर आउटलेटबाट खरिद गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?