सार्वजनिक यातायात केन्द्रीय महासंघ अग्रिम टिकट बुकिङ खोल्न सहमत

लोकपथ
175
Shares

काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघले दशैंमा उपत्यका बाहिर जानेहरुका लागि अग्रिम टिकट बुकिङ खोल्न सहमत भएको छ। १० असोजदेखि अग्रिम टिकट बुकिङ खुलाउन महासंघ सहमत भएको हो ।

यातायात व्यवस्था विभागमा शुक्रबार भएको छलफलमा आफूहरु अग्रिम टिकट बुकिङ खुला गर्न सहमत भएको महासंघका अध्यक्ष डोलनाथ खनालले जानकारी दिए ।

उनका अनुसार महासंघमा करिब १०० वटा कम्पनी आवद्ध छन् र एकतिहाइ बस उपत्यका बाहिर लामो रुटमा चल्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?