काठमाडौं । आगामी असोज ४ गतेदेखि काठमाडौं जिल्लामा कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइने भएको छ ।
स्वास्थ्य कार्यालय बागमती प्रदेशले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भेरोसेलको पहिलो डोज खोप लगाएकाहरुलाई असोज ४ देखि ७ गतेसम्म खोप लगाउन आह्वान गरेको हो ।
जसअनुसार काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा खोप लगाइँने कार्यालयले जनाएको छ ।
सबै वडा कार्यालयभित्रको तोकिएको ठाउँहरुमा पहिलो डोज खोप लगाउन कार्यालयले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया