काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
देशभर कुल १२ हजार ३ सय ८५ परीक्षण गर्दा १ हजार ८६ जनाको पीसीआर र ४ सय ७२ जनाको एन्टीजेन पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ७१ हजार ७ सय ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३ सय ५१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ४६ हजार ५ सय ६६ पुगेको छ ।
मन्त्रालयको तथ्यांक अनुसार हालसम्म नेपालमा कोरोना ११ हजार १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा कोरोनाको कारण थप १० जनाको मृत्यु भएको छ । हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार ४ सय ९७ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया