धनुषा मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु, एक घाइते

RSS
35
Shares

धनुषा । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मिथिला नगरपालिका–६ ढल्केवरस्थित चोकमा आज पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु७२प ४७९२ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको स४प ७९२६ नंको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर स४प ७९२६ नंको मोटरसाइकल चालक सिरहाको विष्णुपुर गाउँपालिकाको नरहा बस्ने ३० वर्षीय रुपेश यादवको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए।

उनका अनुसार लु७२प ४७९२ नम्बरको मोटरसाइकल चालक धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ बस्ने ४६ वर्षीय मोहम्मद हासिम घाइते भएका छन् । घाइतेको उपचार स्थानीय स्वास्थ्य केन्द्रमा भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक सुवेदीले बताए ।

शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?