अमेरिकाविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक, गुलशनको डेब्यू

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र अमेरिकाबीचको दोस्रो अन्तराष्ट्रिय एकदिवसीय खेलमा नेपालका गुलशन झाले डेब्यू गर्नेछन्।

ओमानको राजधानी मस्कटस्थित अल अमेरट क्रिकेट मैदानमा अहिले अपरान्ह ४:१५ बजेदेखि सुरु हुने खेलको लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएसँगै तिब्र गतिका बलर गुलशनको डेब्यू पक्का भएको हो।

May be an image of one or more people, people playing sport and people standing

१८ वर्षीय गुलशनले अर्का तिब्र गतिका बलर विक्रम सोबलाई प्रतिस्थापन गरेका छन्। ओमानविरुद्ध सुरुवात गरेका अन्य खेलाडीले भने आ-आफ्नो स्थान यथावत नै राखेका छन्।

जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो। नेपालले दोस्रो खेलमा ओमानविरुद्ध भने ५ विकेटले पराजय भोगेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?