काठमडौं । सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ ।
शुक्रबार दिउँसो नेपाल एयरलाइन्सको उडानमार्फत उक्त परिमाणको खोप त्रिभुवन विमानस्थल आइपुगेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
खोप आपूर्ति शाखाका फार्मेसी अफिसर बडेबाबु थापालेका अनुसार यस अघि ल्याइएका खोपको एक भाइलमा दुई डोज खोप हुन्थ्यो । तर यो पटक एक भाइलमा ५ डोज खोप छन् ।
एक भाइलमा ५ डोज खोप भएको हुनाले एउटै फ्लाइटमा एकै पटक ४४ लाख डोज खोप ल्याउन सम्भव भएको उनले बताए ।
चीनसँग खरीद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख डोज यसअघि नै आइसकेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया