काठमाडौंका सबै वडामा असोज ५ मै अधिवेशन हुने निश्चित, थालियो प्रक्रिया

लोकपथ
217
Shares

काठमाडौं । आगामी असोज ५ गते काठमाडौं जिल्लाका सबै वडाहरु अधिवेशन हुने निश्चित भएको छ ।

शुक्रबार (आज) निर्वाचन अधिकृत सहित बसेको जिल्ला कार्यसमिति काठमाडौंले वडा अधिवेशनको तयारी सुरु गरेको हो ।

काठमाडौं कांग्रेसका जिल्ला सभापति सबुज बानियाँको अध्यक्षतामा आज पार्टी कार्यालय ज्ञानेश्वरमा बैठक बसेर अधिवेशनको प्रक्रिया सुरु गरेको हो ।

त्यस्तै शनिबारसम्म काठमाडौंका सबै वडामा निर्वाचन अधिकृत खटिने गरि काम थाल्न अध्यक्ष बानियाँले निर्देशन दिएका छन्।

काठमाडौं महानगरसहितका विभिन्न ११ वटा नगरपालिकाका गरी काठमाडौमा कुल १ सय ३८ वडा रहेका छन् ।

सबै वडामा असोज ६ गते एकैदिन अधिवेशन हुने भएको हो ।

गत भदौ १८ र २१ गते देशका ५७ जिल्लाहरुमा वडा अविधेशन सम्पन्न भइसकेको छ । भने बाँकी रहेका २० जिल्लामा भने असोज ५ गतेका लागि अधिवेशनको मिति तोकिएको छ । जसमध्ये ७ जिल्लाको क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक भइसकेको छ भने १३ जिल्लाको क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?