३१ आश्विन २०७८, आईतवार

मानवयुक्त अन्तरिक्ष अभियान पूरा गरी तीन चिनियाँ नागरिक पृथ्वी फर्किए

२०७८,आश्विन,१,शुक्रवार १४:२६


काठमाडौं । चीनको अहिलेसम्मको सबैभन्दा लामो मानवसहितको अन्तरिक्ष अभियान सम्पन्न गरेर तीन अन्तरिक्षयात्री पृथ्वी फर्किएका छन्।

उनीहरू पृथ्वीभन्दा ३८० किलोमिटरमाथि अवस्थित चीनले निर्माण गरेको अन्तरिक्ष केन्द्रको टियाहे मोड्यूलमा ९० दिन बसेका थिए।

चिनियाँ अन्तरिक्षयात्रीहरू बिहीबार शन्जो(१२ अन्तरिक्षयान चढेर अन्तरिक्ष केन्द्रबाट निस्किएका थिए।

न्ये खाइशङ, ल्यु बोमिङ र टाङ हङ्बोले शुक्रवार स्थानीय समयानुसार दिउँसो १ः३५ भित्री मंगोलियाको गोबी मरुभूमिमा अवतरण गरेका छन्।

सोही मरुभूमिबाट गत जुन १७ मा उनीहरूको अन्तरिक्षयान उडेको थियो।

पाँच वर्षपछि अन्तरिक्षमा यात्री पठाएको चीनले लामो समयका लागि मानव पठाएको यो पहिलो पटक थियो।

अन्तरिक्षमा चीन

अन्तरिक्ष केन्द्रको बसाइका बेला चिनियाँ अन्तरिक्षयात्रीहरूले पृथ्वीमा डेटा पठाउने प्रयोग र घण्टौँसम्म ‘अन्तरिक्षमा हिँड्ने’ काम गरेको चीनबाट प्रकाशित ग्लोबल टाइम्सले जनाएको छ।

उक्त अन्तरिक्ष केन्द्रमा अन्तरिक्षयात्रीहरू बस्ने मुख्य खण्डमा प्रत्येक व्यक्तिका लागि छुट्टै ठाउँ र शारीरिक अभ्यास गर्न विशेष खालको ट्रेडमिल र बाइसाइकलयुक्त व्यायामशाला भएको जानकारी ग्लोबल टाइम्सले दिएको छ।

केही वर्षयता चीनले अन्तरिक्ष र खगोलशास्त्रको क्षेत्रमा ठूलो फड्को मारेको छ।

बीबीसीबाट

प्रकाशित मिति: २०७८,आश्विन,१,शुक्रवार १४:२६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । रुसमा कोरोना भाइरस महामारीको शुरुवातपछि पहिलो पटक २४ घण्टामा १ हजार भन्दा बढीको मृत्यु भएको छ । हिजो

काठमाडौं । अफगानिस्तानको कान्दाहार शहरमा रहेको एक मस्जिदमा शुक्रबार भएको बम विस्फोटको पाकिस्तानले कडा शब्दमा निन्दा गरेको छ । पाकिस्तानको

काठमाडौं । अफगानिस्तानको कान्दाहार शहरमा रहेको एउटा मस्जिदमा शुक्रबार भएको बम विस्फोटमा परी ज्यान जानेको संख्या ३२ पुगेको छ ।

काठमाडौं । बेलायतको कन्जर्भेटिभ पार्टीका सांसद सर डेभिड एमेसको शुक्रबार हत्या भएको बताइएको छ । छुरा प्रहार गरेर उनको हत्या

ताजा समाचार

दशैँमा देखिएको केही फरक र मनोरम दृश्यहरु
 २०७८,आश्विन,३१,आईतवार १२:३३