प्रदेश १ : असोज ८ गतेभित्र विश्वासको मत लिन मुख्यमन्त्रीलाई विपक्षी गठबन्धनको ताकेता

लोकपथ
156
Shares

काठमाडौं । प्रदेश नं १ मा प्रमुख प्रतिपक्षी दलहरुले मुख्यमन्त्री भीम आचार्यलाई विश्वासको मत छिटो लिन दबाब दिएका छन् ।

प्रतिपक्षी दलले मुख्यमन्त्री आचार्यलाई आगामी असोज ८ गतेभित्र विश्वासको मत लिन अल्टिमेटम दिएका हुन् ।

यदि मुख्यमन्त्री आचार्य सो समयसीमाभित्र विश्वासको मत नलिएमा उनीमाथि अविश्वासको प्रस्ताव दर्ता गर्ने चेतावनी समेत दिएका छन् ।

तत्कालिन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएसँगै मुख्यमन्त्रीमा नियुक्त भएका आचार्य अल्पमतमा परिसकेका छन् । अल्पमतमा रहेको अवस्थामा मन्त्रिपरिषद् विस्तार गरेका आचार्यप्रति शसंकित बनेका प्रमुख प्रतिपक्षी दलले अविश्वासको प्रस्ताव लैजाने तयारी गरेको हो ।
प्रदेश नं १ मा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र जसपा गरी ४ दलको गठबन्धन रहेको छ ।

असोज २३ गतेका लागि प्रदेश सभाको बैठक बोलाइएको छ । तर त्यसअघि नै विश्वासको मत लिने बाध्य बनाउने तयारीमा प्रतिपक्षी दल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?