कटेजमा १४ वर्षीया किशोरी बलात्कृत

लोकपथ
210
Shares

दाङ । दाङको एक कटेजमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । बलात्कारको आरोप एक जनालाई प्रहरीले पक्राउ समेत गरेको छ भने एक जना फरार रहेका छन् ।

पक्राउ पर्नेमा तुल्सीपुर उपमहानगरपालिका–११ बस्ने कैलाली घर भएका २२ वर्षीय साहु भन्ने विष्णु सुनार रहेका छन् ।

सुनार र सोही उपमहानगरपालिका–११ बस्ने २४ वर्षीय उमेश विकले ती किशोरीलाई सोही ठाउँस्थित एक कटेजको कोठामा लगी सामूहिक बलात्कार गरेका थिए ।

जबरजस्ती करणी गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले सुनारलाई पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत दाङबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान गर्नुका साथै हाल फरार उमेशको प्रहरीले खोजी गरिरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?