३१ आश्विन २०७८, आईतवार

यमनमा २५ हुथी विद्रोही र २० सैनिकको मृत्यु

२०७८,आश्विन,१,शुक्रवार १३:१४


यमन । यमनको आदेन क्षेत्रमा गएको २४ घन्टा यता भएका भिडन्तहरुमा परी कम्तीमा पनि २५ जना हुथी विद्रोही र २० जना यमनी सैनिकको ज्यान गएको छ ।

यमनको मध्य क्षेत्रीय प्रान्त अल बायदामा सो भिडन्त भएको थियो । उक्त क्षेत्रमा यहाँको सैनिकले हुथीहरुका विरुद्धमा कारबाही चलाएको थियो ।

यमनमा कतिपय नगरहरु हुथी विद्रोहीहरुले कब्जा गर्दै आएपछि सो मध्यक्षेत्रमा पनि उनीहरुले प्रभाव बढाउन थालेका छन् । यही सूचनाको आधारमा यहाँको सेनाले सो क्षेत्रमा कारबाही अघि बढाएको थियो । त्यसक्रममा भएका भिडन्तमा परेर ती सैनिक विद्रोही मारिएका हुन् ।

उता विद्रोहीहरुले पनि सेनामाथि आक्रमण गरेका थिए । त्यसक्रममा कम्तीमा पनि २० जना यमनी सैनिक मारिएका बताइएको छ । सो क्षेत्रमा केही समय यतादेखि विद्रोहीहरुले आफ्ना क्रियाकलापहरु बढाएका र सरकारका सुरक्षा निकायहरुले पनि निगरानी राखिरहेको बताइएको छ ।

प्रकाशित मिति: २०७८,आश्विन,१,शुक्रवार १३:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । रुसमा कोरोना भाइरस महामारीको शुरुवातपछि पहिलो पटक २४ घण्टामा १ हजार भन्दा बढीको मृत्यु भएको छ । हिजो

काठमाडौं । अफगानिस्तानको कान्दाहार शहरमा रहेको एक मस्जिदमा शुक्रबार भएको बम विस्फोटको पाकिस्तानले कडा शब्दमा निन्दा गरेको छ । पाकिस्तानको

काठमाडौं । अफगानिस्तानको कान्दाहार शहरमा रहेको एउटा मस्जिदमा शुक्रबार भएको बम विस्फोटमा परी ज्यान जानेको संख्या ३२ पुगेको छ ।

काठमाडौं । बेलायतको कन्जर्भेटिभ पार्टीका सांसद सर डेभिड एमेसको शुक्रबार हत्या भएको बताइएको छ । छुरा प्रहार गरेर उनको हत्या

ताजा समाचार

दशैँमा देखिएको केही फरक र मनोरम दृश्यहरु
 २०७८,आश्विन,३१,आईतवार १२:३३