हिरासतमा रहेका पति राज कुन्द्राबारे नायिका शिल्पाले दिइन् बयान

लोकपथ
13
Shares

काठमाडाैं । अभिनेत्री शिल्पा शेट्टीले प्रहरीसमक्ष बयान दिएकी छिन् । अश्लील भिडयो बनाएको अभियोगमा हिरासतमा रहेका पति राज कुन्द्राका विषयमा शेट्टीले प्रहरीसमक्ष बयान दिएकी हुन् ।

कुन्द्राका विषयमा उनको परिवारका सदस्यसँग बयान लिने क्रममा प्रहरीले श्रीमती शेट्टीसँग पनि सोधपुछ गरेको हो ।

यस क्रममा अभिनेत्री शेट्टीले प्रहरीसमक्ष आफ्ना पतिले महिलाको सहमतिमै अश्लील भिडियो बनाउने गरेको बयान दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

शिल्पाले आफ्नो बयानमा भनेकी छिन्, ‘सन् २०१९ मा राज कुन्द्राले आम्र्स प्राइम मिडियाका सौरभ कुशवाहसँग साझेदारी गरेको थिए । उनीहरूले पुनम पाण्डेजस्ता अभिनेत्रीको भिडियो बनाइरहेका हुन्थे, जो आफ्नै इच्छामा सुटिङ गरिरहेका हुन्थे ।’

यस विषयमा आफूले पति कुन्द्रालाई जिज्ञासा राख्दा यो प्लेटफर्मबाट राम्रो पैसा कमाइरहेको भनेर जवाफ दिएको शिल्पाले बयान भनेकी छिन् ।

भारतीय मिडियाका अनुसार शिल्पाले आफू आफ्नै काममा व्यस्त हुने भएकाले पनि पति कुन्द्राले गरिरहेका कामबारे आफूलाई चासो नभएको पनि मुम्बई प्रहरीसमक्ष दिएको बयान उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?