रवीन्द्र मिश्रसहित क–कसलाई बनायो साझा पार्टीले काठमाडौंमा उम्मेदवार ?

विवेकशील साझा पार्टीले आगामी मंसिर १० गते हुने संघीय प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौंका ६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ ।विवेकशिल पार्टीको आज बसेको बैठकले पार्टीका संयोजकद्धय रवीन्द्र मिश्र र उज्वलबहादुर थापालाई क्रमशः काठमाडौंको क्षेत्र नम्बर १ र काठमाडौं क्षेत्र नम्बर ५ बाट संघीय प्रतिनिधिसभा सदश्यको लागी प्रत्यक्ष उम्मेदवारी दिने निर्णय गरेको प्रवक्ता रमेश पौड्यालले जानकारी दिए ।त्यसैगरी बैठकले काठमाडौंको क्षेत्र नम्बर ४, ८ र ९ बाट पार्टीको केन्द्रीय समितिका सदस्य क्रमशः सुबुना बस्नेत, पुकार बम तथा मिलन पाण्डेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।त्यस्तै अनुपा श्रेष्ठलाई काठमाडौं क्षेत्र नम्बर ७ बाट उम्मेदवार बनाउने पनि निर्णय गरेको छ। अन्य उमेदवारहरु पनि क्रमशः घोषणा गर्दै जाने पार्टीले जनाएको छ ।पार्टीले ‘हाम्रा होइन राम्रा’ नागरिकहरू नेतृत्वमा पुगुन् भन्ने उद्देश्यका साथ पार्टीको मूल्य–मान्यतासँग सामिप्यता राख्ने र विवेकशील साझाको उम्मेदवार बन्न इच्छुक नेपाली नागरीकहरूलाई पार्टीमा सम्पर्क गर्न आह्वान समेत गरेको छ ।साझा पार्टीको चुनाव चिन्ह तराजु रहेको छ भने मूख्य चुनावी नारा ‘अबको आशाः विवेकशील साझा’ तय गरेको छ।को हुन् साझाले अघि सारेका उम्मेदवारहरु रुरवीन्द्र मिश्रमिश्र बीबीसी नेपाली सेवाका पूर्व प्रमुख, नेपाली९नेपालीको सबभन्दा ठूलो परोपकारी संस्था हेल्प नेपाल नेटवर्कका संस्थापक तथा चर्चित पुस्तकहरू ‘खान पुगोस् दिन पुगोस्’, ‘भूमध्यरेखा’ र ‘रवीन्द्र मिश्रका कविता’का लेखक हुन्।उनले बेलायत, पाकिस्तान र नेपालबाट क्रमशस् अन्तराष्ट्रिय राजनीति, पत्रकारिता र अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका छन्। ‘व्यक्ति बन्ने तर देश नबन्ने’ दशकौंको विडम्बनालाई सदाका लागि अन्त्य गर्ने दृढताका साथ सुसंस्कृत राजनीतिक शक्ति निर्माणमा जुट्न मिश्रले ७ महिनाअघि बीबीसीबाट राजीनामा दिएका थिए। उनी कल्याणकारी समाज र कल्याणकारी राज्यका प्रवल वकालतकर्ता हुन्।उज्वल थापाविवेकशील साझा पार्टीका संयोजक उज्वल थापा ९४० बर्ष० काठमाडौँ क्षेत्र न ५ बाट संसद को लागि उम्मेदवार हुन्। बुढानिलकण्ठ स्कुलमा पढि सकेर उनले अमेरिकाबाट सुचना प्रविधिमा बिज्ञता हाँसिल गरे। बिगत ४ वर्ष देखि पृथक राजनीतिक संगठनको नेतृत्व गर्दै आएका थापा निष्ठा र साहस भएका नेता हुन्। महाभुकम्पको बेला उदाहरणीय नेतृत्व देखाएर होस् वा तत्कालिन अख्तियार प्रमुख लोकमान सिँह कार्कीले गरेका लोकतन्त्रमाथिको ठाडो हस्तक्षप रोकेरै होस्, उनी देशले मागेको बेला अघि सरेका छन्। एक दशक देखि देश भित्रै दशौँ हजारौँलाई रोजगार श्रृजना गर्न सहि वातावरण बनाउदैँ गरेका थापा, ‘ठीक नीति मात्र होईन ठीक नियत पनि चाहिन्छ’ भन्ने निश्कर्षका साथ अहिले देशमा सबैको लागि गरिखाने वातावरण बनाउन, लुटतन्त्र बिरुद्ध लड्न र सक्षम नेतृत्व दिन अघि सरेका छन्।सुबुना बस्नेत२६ वर्षीय बस्नेतले महाभूकम्प, बाढी र पहिरो जस्ता बिभिन्न प्राकृतिक प्रकोप तथा अन्य सामाजिक गतिविधिहरुमा स्वयंसेवी नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी थिइन्। विगत ४ बर्षदेखि बस्नेतले तात्कालीन विवेकशील नेपाली दलबाट राजनैतिक यात्रा सुरु गरेकी थिइन् । उनले सङ्गठनको विभिन्न पदमा रहेर उद्यमशीलता, विकास लगायतका विभागहरुको नेतृत्व गरेकी थिइन् । चिकित्सा क्षेत्र सुधारको लागि डा गोबिन्द केसीको अनसन लगायत अन्य भ्रस्टाचार बिरुद्धको सामाजिक अभियानहरुमा समेत नेतृत्व गर्दै आएकी छिन् ।पुकार बमविगत ४ वर्षदेखि वैकल्पिक पार्टी निर्माणमा सक्रिय यूवा बम सामाजिक र राजनैतिक अभियन्ता हुन्। बमले सेन्ट जेभिएर कलेज ९काठमाडौ विश्वविद्यालय०बाट समाज कार्य ९कयअष्ब िधयचप०मा स्नातक र त्रिभुवन विश्वविद्यालयबाट राजनीतीशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर गरेका छ्न्। बमले प्रारम्भदेखि नै भ्रष्टाचार, नेपाल बन्द तथा लुटतन्त्र विरुद्ध विभिन्न अभियानहरुको नेतृत्व गर्दै आइरहेका छ्न्। सम्पदा संरक्षण अभियानमा समेत बमले नेतृत्वदायी भुमिका निर्वाह गर्दै आइरहेका छ्न्।मिलन पाण्डेविगत ४ वर्षदेखि वैकल्पिक पार्टी निर्माणमा सक्रिय यूवा पाण्डे सामाजिक र राजनैतिक अभियन्ता हुन्। शिक्षण तथा इन्जिनीयरिङ कन्सल्टेन्सी पेशामा संलग्न पाण्डे सिभिल इन्जिनीयरिंगका विद्यार्थी हुन्। ‘पुरानै असक्षम नेतृत्व तथा शैलीले फरक नतिजा ल्याउन सक्दैन’ भन्दै उनले सुसंस्कृत राजनीति, सक्षम तथा नयाँ पुस्ताको नेतृत्वको लागि वकालत गर्दै आएका छन्। क्षेत्र नं ९ मै जन्मेका, पढेका र बढेका पाण्डेले स्थानीय संस्कृति तथा सम्पदा संरक्षणमा समेत अहं भूमिका खेल्दै आएका छन्।अनुपा श्रेष्ठविगत २० वर्षदेखि पत्रकारिता क्षेत्रमा कार्यरत श्रेष्ठ अन्तर्राष्ट्रिय महिला पत्रकारिता संजालको कार्यसमिति सदस्य पनि हुन् िनेपालको पत्रकारिता क्षेत्रलाई गुणस्तरीय बनाउन पनि उनी काम गर्दै छिन् िसामाजिक क्षेत्रमा पनि सक्रिय भई स्वास्थ्य शिविर तथा युवा प्रशिक्षण कार्यक्रमहरुमा पनि सहभागी रहन्छिन् िवि।स १९७४ मा काठमाडौँको इन्द्रचोकमा राजनितिक रुपमा सक्रिय परिवारमा जन्मिएकी हुन् िउनी पुराना चर्चित काँग्रेस नेता बीरेन्द्रभक्त श्रेष्ठकी छोरी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?