१४ सयले घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

लोकपथ
1.1k
Shares

काठमाडौं । आज (शुक्रबार) नेपाली बजारमा सुन-चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १४ सय र चाँदी ३० रुपैयाँले घटेको हो ।

आज छापवाला सुन प्रतितोला १४ सय रुपैयाँले घटेर ८९ हजार १ सय रुपैयाँ कायम भएको छ । बिहीबार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज तेजावी सुन ८८ हजार ६५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर एक हजार १७० रुपैयाँ कायम भएको छ बिहीबार चाँदी प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?