नेप्सेमा ४ कम्पनीको सेयर थपियो, कुनको कित्ता कति ?

लोकपथ
871
Shares

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ४ वटा कम्पनीको सेयर सूचीकृत भएको छ । जसमा ३ वटा कम्पनीको ऋणपत्र र एक कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेका अनुसार यस साता ग्लोबल आईएमई बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ । ‘ग्लोबल आईएमई बैंक लिमिटेड डिबेन्चर- २०८६/८७’ को ३० लाख कित्ता ऋणपत्र सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

त्यसैगरी, नेरुडे लघुवित्त वित्तीय संस्थाको बोनस सेयर पनि नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ८ प्रतिशत बोनस सेयरबापतको ३ लाख ६५ हजार ८२३ दशमलव २४ कित्ता सेयर सूचीकृत भएको हो ।

नेप्सेका अनुसार यस साता एनआईसी एसिया बैंक र राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र सूचीकृत भएको भएको छ ।

एनआईसी एसिया बैंकको ‘एनआईसी एशिया ऋणपत्र २०८८’ को १५ लाख ७३ हजार ८ सय ७२ एकाइ र राष्ट्रिय वाणिज्य बैंकको “८.५% आरबीबीएल डिबेन्चर २०८३” काे २५ लाख एकाइ ऋणपत्र सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?