सुदूरपश्चिमको आर्थिक मामिला मन्त्रीमा तारा लामा नियुक्त हुँदै

लोकपथ
156
Shares

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला मन्त्रीमा तारा लामा तामाङ नियुक्त हुने भएका छन् । सम्भवत: उनको शुक्रबार साँझ शपथग्रहण हुने बताइएको छ ।

मुख्यमन्त्री त्रिलोचन भट्ट डोटी भएकोले मन्त्री नियुक्तिमा ढिलाइ भएको बताइएको छ । मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवर प्रख्यातका अनुसार मुख्यमन्त्री शुक्रबार दिउँसो धनगढी पुग्ने कार्यक्रम छ ।

लामा नेकपा (एस) कञ्चनपुर अध्यक्ष हुन्। उनी कञ्चनपुर क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभामा निर्वाचित भएका हुन् ।

त्यस्तै अर्थ राज्यमन्त्रीमा माया तामाङ बोहोराको नाम चर्चामा छ । उनी बझाङबाट प्रतितिनिधित्व गर्ने समानुपातिक प्रदेशसभा सदस्य हुन् ।

नेकपा (एस)का प्रमुख सचेतक दुर्गा विकले संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई पार्टी, मुख्यमन्त्री लगायतका आवश्यक पर्नेहरुसित समन्वय गरेर मन्त्रीलगायतका जिम्मेवारीबारे टुंगो लगाउने जिम्मेवारी दिइएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?