रोमाको शानदार जित

काठमाडौं। युईएफए कन्फरेन्स लिगअन्तर्गत बिहीवार राती खेलिएको खेलमा इटालियन क्लब रोमाले बुल्गेरियाको क्लब सोफियाविरुद्ध ५-१ गोलको फराकिलो जित निकालेको छ।

रोमाको घरेलु मैदानमा खेलिएको खेलमा पाहुना टोली सोफियाले खेलको १०औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो। सोफियाका लागि ग्राहाम क्यारीले गोल गरेका थिए।

Conference League | Roma 5-1 CSKA Sofia: Pellegrini inspirational -  Football Italia

तर खेलको २५औं मिनेटमा रोमा खेलमा फर्कियो। रोमाका लागि कप्तान लोरेन्जो पेलेग्रिनीले बराबरी गोल गरेका थिए। त्यसपछि रोमाका लागि खेलको ३८औं मिनेटमा स्टेफन एल शेरावीले गोल गर्न सफल भए।

पहिलो हाफमा एक गोलको अग्रता लिएको रोमाले दोस्रो हाफमा अर्को तीन गोल थप्यो। खेलको ६२औं मिनेटमा रोमाका कप्तान पेलेग्रिनीले व्यक्तिगत दोस्रो गोल गर्न सफल भएका थिए।

Hasil AS Roma Vs CSKA Sofia: I Giallorossi Menang Telak 5-1 - Sportstars.Id

खेलको ८२औं मिनेटमा रोमाका रक्षक जियानलुका मान्सिनीले गोल गरे। त्यसको दुई मिनेट पश्चात् रोमाका स्ट्राइकर टामी अब्राहामले रोमाका लागि पाँचौं गोल गर्दै घरेलु टोलीलाई शानदार जित दिलाउन सफल भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?