काठमाडौं। युईएफए युरोपा लिगअन्तर्गत बिहीवार राती सम्पन्न खेलमा इंग्लिश क्लब लेस्टर सिटीले इटालियन क्लब नापोलीसँग २-२ गोलको बराबरी खेल खेलेको छ।
लेस्टरको घरेलु मैदान किंग पावर स्टेडियममा भएको खेलमा घरेलु टोलीले खेलको ९औं मिनेटमा नै अग्रता लिएको थियो। लेस्टरका स्ट्राइकर आयोजे पेरेजले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा एक गोलको अग्रता लिएको लेस्टरले दोस्रो हाफमा अर्को गोल थप्यो। यस पटक लेस्टरका अर्का फरवार्ड हारभी बार्न्सले खेलको ६४औं मिनेटमा गोल गरेका थिए।
तर त्यसको ५ मिनेट पश्चात् नापोली खेलमा फर्कियो। पाहुना टोलीका लागि स्ट्राइकर भिक्टर ओसिम्हेनले गोल गरेका थिए।

नापोलीले खेलको अन्त्य तिर अर्को गोल थप्यो। स्ट्राइकर ओसिम्हेनले खेलको ८७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा नापोलीले बराबरी गोल गर्न सफल भएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया