अमेरिकाविरुद्ध नेपाल: दुवै खेलमा जित निकाल्ने प्रयास

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज (शुक्रवार) नेपालले संयुक्त राज्य अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ।

ओमानको राजधानी मस्कटस्थित अल अमेरट क्रिकेट मैदानमा नेपाली समयअनुसार अपरान्ह ४:१५ बजे सुरु हुने आजको खेलमा नेपालले जित निकाल्दै अमेरिकाविरुद्ध ‘क्लिन स्वीप’ गर्ने दाउमा रहने छ। गत मंगलवार आयोजक राष्ट्र ओमानसँग पराजय भोगेको नेपालले दुई दिनको आराम पश्चात् आज अमेरिकाविरुद्ध तेस्रो खेल खेल्न लागेको हो।

https://i0.wp.com/www.khelpati.com/uploads/images/1631789797nepal_usa.JPG?w=720&ssl=1

ओमानविरुद्धको खेलमा चोट बोक्न पुगेका नेपालका स्टार स्पिनर सन्दीप लामिछाने आजको खेलका लागि स्वस्थ भइसकेका छन्। ओमानविरुद्ध सन्दीपले बलिङ गर्न नसक्दा नेपाललाई उनको कमी महसुस भएको थियो।

विश्वकप क्रिकेट लिग-२ अन्तरगत नेपालले अमेरिकासँग अहिलेसम्म खेलेको ३ खेलमा शत प्रतिशत नतिजा निकाल्न सफल भएको छ। त्यसको कारण पनि नेपालको मनोबल उच्च रहनेछ। उता यस प्रतियोगिताको पहिलो खेलमा नेपालसँग ५ विकेटले पराजित भएको अमेरिका हिजो (बिहीवार) ओमानसँग पनि ४ विकेटले पराजित भएको थियो।

May be an image of one or more people, people playing sport and people standing

अमेरिकाको लागि आज ‘ब्याक टू ब्याक’ खेल हुनेछ। हिजो मात्रै आयोजक राष्ट्र ओमानसँग प्रतिस्पर्धा गरेको अमेरिकाको लागि आजको खेलमा आराम मिलेको छैन। यस्तो अवस्थामा नेपाललाई अमेरिकाविरुद्ध जित दर्ता गर्दै अंक तालिकामा महत्वपूर्ण २ अंक जोड्ने शानदार अवसर मिलेको छ।

अहिले नेपाल ६ खेलमा ६ अंकसहित छैटौं स्थानमा रहेको छ भने अमेरिका १४ खेलमा १२ अंकसहित दोस्रो स्थानमा यथावत नै छ। आयोजक राष्ट्र ओमान भने १२ खेलमा २० अंकसहित शीर्ष स्थानमा रहेको छ।

May be an image of 1 person, playing a sport and standing

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?