आजको मौसम : लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा र अन्य प्रदेशमा मध्यम वर्षा हुने

लोकपथ
247
Shares

काठमाडौं । आज देशभर सामान्य देखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा तथा बाँकि प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।

हाल नेपालमा भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?