८ कार्तिक २०७८, सोमवार

कामका लागि भारत जानुपर्ने बाध्यता हटाउने छौँ : मुख्यमन्त्री भट्ट

२०७८,भाद्र,३१,बिहीवार २२:१५


डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले युवालाई कामका लागि भारत जानुपर्ने वर्षौँदेखिको बाध्यता अन्त्य हुने बताएका छन् ।

नेकपा माओवादी केन्द्रले जिल्ला सदरमुकाम सिलगढीमा आज आयोजना गरेको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा उनले यहाँका नागरिक तथा युवालाई स्वरोजगार बनाउन प्रदेश सरकारले बिनाधितो ऋण दिने लगायत कार्यक्रम अघि सारेकाले अब यहाँका युवाले घरैमा रोजगार पाउने बताए ।

उनले भने, “नागरिकलाई स्वरोजगार बनाउन हामीले बिनाधितो ऋण दिने योजना अघि सारेका छौँ, अब कामका लागि भारत जानुपर्ने अवस्थाको अन्त्य हुनेछ ।” कृषि क्षेत्रलगायत विभिन्न काम गर्नका लागि बिनाधितो ऋण दिने सरकारले योजना ल्याएका कारण अब कोही पनि बेरोजगार नहुने उनको भनाइ थियो ।

मुख्यमन्त्री भट्टले अबको अवश्यकता भनेको विकासको भएकाले अन्य कुराहरु छोडेर नागरिकको विकासमा लाग्नुपर्ने बताए । प्रदेश सरकार गठन भएसँगै सुदूरपश्चिममा लामो समयदेखि रोकिएका विकास निर्माणका कामले गति पाएको समेत उहाँले जिकिर गरे ।

सुदूरपश्चिममा रहेका पर्यटकीय क्षेत्रको विकासका लागि प्रदेश सरकारले विभिन्न योजना अघिसारी काम गरिरहेकाले यहाँका पर्यटकीय क्षेत्र चाँडै नै देशविदेशमा चिनाउने गरी काम भइरहेको मुख्यमन्त्री भट्टले बताए । उनले भने, “सुदूरपश्चिमको खप्तड, बडिकेदारलगायत पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रचारप्रसार र विकासका लागि सडक विस्तारसँगै अन्य विकासका काम सुरु भएका छन् । अब देशविदेशमै यहाँका पर्यटकीय क्षेत्र चिनिने छन् ।”

यसैगरी सुदूरपश्चिम क्षेत्रको विकासका लागि वर्तमान सरकार निकै चासोका साथ अगाडि बढिरहेको उनको भनाइ थियो । मुख्यमन्त्री भट्टले वर्षौँदेखि चर्चामा रहेको पश्चिम सेती परियोजना निर्माणका लागि केन्द्र सरकारसँग पहल भइरहेको बताए । उनले भने, “प्रदेश सरकारले मात्रै पश्चिम सेती बनाउन नसक्ने भएका कारण केन्द्र सरकारसँग निर्माणका लागि पहल गरिरहेका छौँ, पश्चिम सेती मात्रै बन्ने हो भने यहाँको विकासमा कायापलट हुन्छ ।”

प्रकाशित मिति: २०७८,भाद्र,३१,बिहीवार २२:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनगढी । सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ । गत असोज ३१ गतेदेखिको

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पास हुने बताएका छन् । बेमौसमी वर्षाका कारण बाढी

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा आज थप २० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको बाढी प्रभावित क्षेत्रको अवलोकन गर्ने भएका छन् । शनिवार रातीदेखि परेको अविरल वर्षाका कारण

ताजा समाचार

नेताका कुरा, किन हुँदैनन् पूरा ?
 २०७८,कार्तिक,८,सोमवार १०:०९
वालुङ समुदायको फुटुक पर्व आजदेखि शुरु
 २०७८,कार्तिक,८,सोमवार ०९:२७
थुलुङ दूधकोशीको सेवा अनलाइन मार्फत हुने
 २०७८,कार्तिक,८,सोमवार ०८:१९