८ कार्तिक २०७८, सोमवार

भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयको आग्रह

२०७८,भाद्र,३१,बिहीवार २२:००


काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सम्भव भएसम्म शुक्रवारदेखि भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्न क्याम्पसलाई आग्रह गरेको छ ।

त्रिवि कार्यकारी परिषद्को यही भदौ २७ गते बसेको बैठकले स्थानीय तहसँग समन्वय गरी जोखिम नियन्त्रणका लागि पूर्वतयारी एवं सतर्कता अवलम्बन गर्दै भौतिक उपस्थिति गराई कक्षा सञ्चालनको व्यवस्था गर्न निर्देशन दिएको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले बताए ।

कोरोना भाइरसको सङ्क्रमण बढेसँगै गत वैशाख १६ गतेदेखिको बन्दाबन्दीले गर्दा त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा भौतिक उपस्थितिमा पठनपाठन बन्द गरिएको थियो । बन्दाबन्दीमा त्रिविले भर्चुअल विधिबाट कक्षा सञ्चालन गर्न आग्रह गरेको थियो । विद्यार्थीको प्रत्यक्ष कक्षा सञ्चालनको अनिवार्यतालाई विचार गरी त्रिविले भौतिक उपस्थिति गराई कक्षा सञ्चालनको व्यवस्था गर्न क्याम्पस/विभाग/स्कुललाई अनुरोध गरेको उनले बताए ।

प्रकाशित मिति: २०७८,भाद्र,३१,बिहीवार २२:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । विद्यालय शिक्षाको संरचना आधारभूत तह र माध्यमिक तह गरी दुई तहमा विभाजन गरिए पनि कानुनी रुपमा यसलाई मान्यता

प्रकाश सिलवाल/काठमाडौं । कोभिड–१९ को महामारीपछि विशेष गरी विद्यालय तहका बालबालिका पूर्ववत् सिकाइ वातावरण, स्वच्छ मनोरञ्जन र अन्य सामाजिक अवसरको

काठमाडाैं । राजनीतिक भागबण्डका आधारमा नियुक्ति पाएका त्रिभुवन विश्वविद्यालयका  पदाधिकारीको सरकार परिवर्तनसँगै बोली र व्यवहार फेरिन्छ । १६ वर्षदेखि विश्वविद्यालयले

कास्की । पोखरा विश्वविद्यालयमा अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र तथा आवास गृह बन्ने भएको छ । ओपन इन्टरनेशनल रिसर्च सेन्टर एण्ड गेष्ट

ताजा समाचार

वालुङ समुदायको फुटुक पर्व आजदेखि सुरु
 २०७८,कार्तिक,८,सोमवार १०:३१
नेताका कुरा, किन हुँदैनन् पूरा ?
 २०७८,कार्तिक,८,सोमवार १०:०९
वालुङ समुदायको फुटुक पर्व आजदेखि शुरु
 २०७८,कार्तिक,८,सोमवार ०९:२७