कर्णाली नदी व्यवस्थापन आयोजनाको प्रभावकारी कार्यान्वयन गर्न माग

लोकपथ
91
Shares
??????? ?????? ? ??????? ??? ?????????? ???????? ?????????? ????????????? ???? ?????? ????? ?????? ???? ??? ??? ????? ???? ????????? ????????????? ????????? ?????? ?????, ??????? ??? ????????????? ????? ????? ?

काठमाडौं । राजापुर सिँचाइ र कर्णाली नदी व्यवस्थापन आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक स्रोत उपलब्ध गराइदिन बर्दियाका जनप्रतिनिधिले सरकारसँग माग गरेका छन् ।

बर्दिया निर्वाचन क्षेत्र २ का सङ्घीय सांसद सन्तकुमार थारु र निर्वाचन क्षेत्र २ ‘ख’ बाट निर्वाचित दीपेश थारु नेतृत्वको टोलीले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग आयोजना कार्यान्वयनका लागि आवश्यक पर्ने बजेट अपुग भएको भन्दै आवश्यक प्रक्रिया अगाडि बढाइ दिन आग्रह गरेका हुन् ।

उनीहरूले राजापुर सिँचाइ आयोजनाको बजेट दुई करोड ५० लाख रुपैयाँ मात्र भएको भन्दै नियमानुसार नियमित मर्मतका लागि पनि १२ करोड रुपैयाँभन्दा बढी बजेट पाउनुपर्ने माग गरे । त्यस्तै बर्दियाको राजापुरस्थित कर्णाली नदी व्यवस्थापन गर्नका लागि १२ अर्ब रुपैयाँको विस्तृत परियोजना प्रतिवेदन(डिपीआर) भएको तर प्रतिवर्ष बजेट २१ करोड मात्र प्राप्त हुने गरेको प्रदेशसभा सदस्य दिपेश थारुले बताए ।

नियमितरूपमा प्रतिवर्ष हालकै बजेट विनियोजन हुने हो भने आयोजना पूरा गर्न ४० वर्ष लाग्ने उल्लेख गर्दै उनले दुई वर्षमै सकाउने गरी बजेट उपलब्ध गराउन माग गरे ।

त्यसैगरी कर्णाली नदी लालमटियास्थित इन्टेकबाट कर्णाली नदी दुई वटा धारमा छुट्टिएको पूर्वतर्फको गेरुवा खोलाले राजापुर र गेरुवा क्षेत्र कटान गरेको उल्लेख गर्दै प्रदेशसभा सदस्य दिपेशले बर्दिया राष्ट्रिय निकुञ्जको क्षेत्रफलअनुसारको जमिन छुट्याउने व्यवस्था मिलाउन आग्रह गरे ।

त्यसैगरी उनले नदीबाट कृषियोग्य जमिनमा बालुवा थुप्रिने चुनौती थपिएको भन्दै बालुवा थिग्र्याउने मेसिन(सिल्ट मेसिन) सहितको नहर निर्माण गर्न र कर्णाली तथा गेरुवामा बराबर हुने गरी पानी वितरण हुने व्यवस्था गर्न माग गरे । उनले त्यसका लागि वन मन्त्रालयसँग समन्वय गरेर अगाडि बढाउनुपर्नेमा जोड दिए ।

जवाफमा मन्त्री भुसालले एकीकृत योजना बनाएर बर्दियाको राजापुरस्थित कर्णाली नदी व्यवस्थापन कार्यलाई अगाडि बढाउन आफूले सक्दो पहल गर्ने विश्वास दिलाए । उनले खेतीयोग्य जमिन कटान हुन नदिन र खेतीयोग्य जमिनको गुणस्तर ह्रास हुन नदिन अधिकतम पहल गर्ने बताए ।

उनले भने, “आयोजना प्रभावकारी तवरले अगाडि बढाउने विषयमा जिम्मेवारी बोध भएको छ, त्यहाँको कुलो पुनःनिर्माण तथा अगाडि बढाउन कोसिस गर्छु । बजेटको व्यवस्थापन गर्न पहल गर्छु ।”

त्यस अवसरमा ऊर्जा सचिव देवेन्द्र कार्कीले सिँचाइ आयोजनालाई व्यवस्थित गर्न लागिपर्ने बताए । त्यसैगरी जलस्रोत तथा सिँचाइ सचिव सागरकुरमार राईले कर्णाली नदी व्यवस्थापन आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि स्रोत उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

राजापुर क्षेत्रबाट करिब तीन अर्ब ५० करोड रुपैयाँ बराबरको धान र एक अर्ब ५० करोड रुपैयाँ बराबरको गहुँ उत्पादन हुँदै आएको छ । नदीले दुवैतिर घेरिएको टापुमा कर्णाली नदी व्यव्यस्थापन आयोजनाबाट व्यवस्थित तटबन्धन कार्य सुरु हुनुपूर्व कर्णाली र गेरुवा नदीले ७३ किमी नदी किनारमा वार्षिक सरदर १०० हेक्टर जमिन कटान गरिरहेको त्यहाँका जनप्रतिनिधिको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?