८ कार्तिक २०७८, सोमवार

परियोजना धितो राखेर कर्जा उपलब्ध गराउन महासङ्घको माग

२०७८,भाद्र,३१,बिहीवार २१:४३


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले परियोजना धितो कर्जालाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै आज सुझावसहितको सम्भाव्यता अध्ययनको प्रतिवेदन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बुझाएको छ ।

महासङ्घले परियोजनामा आधारित कर्जा प्रवाह गर्नुपर्ने धारणा राख्दै आएको थियो । कोभिड–१९ को प्रभावले थलिएको अर्थतन्त्रको पुनरूत्थानसँगै साना मझौला उद्यम र स्टार्ट अपको विस्तारका लागि सो अवधारणा प्रभावकारी रहेको ठहर गर्दै अध्ययन प्रतिवेदन बुझाइएको हो ।

महासङ्घका अध्यक्ष शेखर गोल्छाले उक्त प्रतिवदेन गभर्नर अधिकारीलाई बुझाउँदै साना तथा मझौला उद्यम परियोजना धितोका आधारमा कर्जा लगानी गर्न आग्रह गरे । अध्ययन प्रतिवेदनमार्फत स्टार्ट अपलाई पूँजी उपलब्ध गराउन कूल लगानीको १० प्रतिशत परियोजना धितोमा कर्जा प्रवाह गरिनुपर्ने तथा परियोजनाको मूल्याङ्कनको ६० प्रतिशत कर्जा उपलब्ध गराउन सकिने सुुझाव दिइएको छ । त्यस्तै निश्चित सीमासम्मको कर्जाको प्रत्याभूति संयन्त्र र बीमा विस्तार गर्दै जोखिम न्यूनीकरण संयन्त्र लागू गर्न बैंकको क्षमता विकास गर्नुपर्ने प्रतिवेदनमा आँैल्याइएको छ ।

प्रतिवेदन बुुझ्दै गर्भनर अधिकारीले महासङ्घले पेश गरेको साना तथा मझौला उद्यम एवं स्टार्टअप उद्यम परियोजना धितो कर्जा प्रतिवेदन अध्ययन गरी प्राथमिकताका साथ कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाए । अध्ययन प्रतिवेदनका लागि उहाँले महासङ्घलाई धन्यवाद दिए । सम्भाव्यता अध्ययन अन्तर्राष्ट्रिय श्रम सङ्गठन, नेपाल कार्यालय र युके एडको सहयोगमा गरिएको हो ।

प्रकाशित मिति: २०७८,भाद्र,३१,बिहीवार २१:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । चन्द्रागिरी नगरपालिकामा एक अर्ब रुपैयाँको लगानीमा प्रसूति अस्पताल निर्माण हुने भएको छ । जर्मन विकास बैंकको एक अर्ब

काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)

काठमाडौं । सरकारले बैमौसमी वर्षाका कारण असोज र कार्तिकमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक तथ्यांक सार्वजनिक

काठमाडौं । नेपाल वायुसेवा निगमले सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न भाडादर कायम गरेको छ । वर्षाका कारण पहाडी

ताजा समाचार

नेताका कुरा, किन हुँदैनन् पूरा ?
 २०७८,कार्तिक,८,सोमवार १०:०९
वालुङ समुदायको फुटुक पर्व आजदेखि शुरु
 २०७८,कार्तिक,८,सोमवार ०९:२७
थुलुङ दूधकोशीको सेवा अनलाइन मार्फत हुने
 २०७८,कार्तिक,८,सोमवार ०८:१९