जसपा अध्यक्ष डा. भट्टराईले प्रधानमन्त्री देउवालाई भेटेर दिए पाँच सुझाव

लोकपथ
520
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

अध्यक्ष भट्टराईले प्रधानमन्त्री देउवासँग बिहीवार भेट गरी पाँच सुझाव दिएका छन् । उनले सरकारलाई छिटो पूर्णता दिन, राष्ट्रिय सहमती गरी एमसीसी पारित गर्न र प्रतिपक्षीसँग छलफल गरी बजेट पास गर्ने वातावरण मिलाउन लगायतका पाँच सुझाव दिएका हुन् ।

यस्तो छ डा. भट्टराईले प्रधानमन्त्री देउवालाई दिएको पाँच सुझाव :

१. अध्यादेशको विषय छिटो छिनोफानो गरेर सरकारलाई छिटो भन्दा छिटो पूर्णता दिने ।
२. राष्ट्रिय सहमति कायम गरी एमसीसी पारित गर्ने ।
३. प्रतिपक्षीसँग छलफल गरेर बजेट पास हुने वातावरण बनाउने ।
४. गठबन्धनका सबै प्रमुख दल र दलका शीर्ष नेताहरुले राष्ट्रिय सहमति कायम गरी अहिलेको गठबन्धनलाई संसदको पूर्ण कार्यकाल र चुनावसम्म नै लैजाने वातावरण बनाउन सबै जिम्मेवार हुनुपर्ने ।
५. जनचासो र जनहितका सामाजिक मुद्दाहरूलाई प्राथमिकतामा राखेर गठबन्धनका राजनीतिक पार्टीहरू र सरकारले समन्वय गरी समाधान खोज्नतिर लाग्नुपर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?