हेर्नुहोस् आजको टप १५ हेडलाइन्स् (भिडियोसहित)

लोकपथ
169
Shares

१. नेपालमा पछिल्लो २४ घण्टामा गरिएको १५ हजार १७९ परीक्षणमा थप १ हजार ५ सय ११ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ६ सय ८९ जना कोरोना संक्रमणमुक्त, ११ जनाको मृत्यु

२. तीन वर्ष सरकार चलाउँदा नेता नेपाल र प्रचण्डले आफूलाई कुनै पनि सहयोग नगरेको एमाले अध्यक्ष ओलीको आरोप, चुनावमा सत्तापक्ष हुक्वाँ गर्दै जाने तर चुनावपछि स्वाँ गरेर फर्कने भन्दै टिप्पणी

३. अन्तरपार्टी निर्देशनलाई अक्षरशः कार्यान्वयन गर्न बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यको आग्रह, विभाजनले कसैको हित नगर्ने भन्दै जेठ २ मा फर्किएर अगाडि बढ्नुपर्नेमा जोड

४. डँडेलधुरा विवादमा रुमलियो नेपाली कांग्रेस, पौडेलमाथि राजनीतिक ‘बेइमानी’ को आरोप, वडा अधिवेशन बदरको माग गर्दै पौडेलसहितका नेता पुगे सानेपा

५. आफूहरूको माग पूरा नभएसम्म संसद् चल्न नदिने एमाले नेता टोपबहादुर रायमाझीको दाबी, वर्तमान सत्ता गठबन्धनलाई दिए लोभी र पापीहरूको संज्ञा

६. प्रधानमन्त्रीदेखि कर्मचारीसम्मको तलब रोकिँदै, अघिल्लो सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएको र संशोधित बजेट पारित नभएकाले असोज ४ गतेअघि तलब नपाउने

७. धनुषामा स्वास्थ्य चौकीका कर्मचारीहरूले निजी मेडिकललाई बेचे कोरोनाविरुद्धको खोप, मेडिकलको अनुगमनमा ६ थान खोप भेटिएपछि सञ्चालक पक्राउ, अनुसन्धान हुँदै

८. नेपाली सेनामा ४६४ जनाका लागि २४ प्राविधिक पदमा भर्ना खुल्यो, भर्ना छनोटका लागि आजदेखि असोज ३१ गतेसम्म दरखास्त दिन सकिने

९. सेतो पुतलीका कारण आँखामा लाग्ने रोग ‘सापू’ फेरि फैलिँदै, गण्डकी प्रदेशमा सबैभन्दा बढी जोखिम, ५ देखि १५ वर्षका बालबालिका बढी पीडित, सचेत रहन आग्रह

१०. हेटौँडा अस्पतालमा स्वास्थ्यकर्मीमाथि फलामको कुर्सी प्रहार, इमर्जेन्सीसम्म पु¥याउन अस्पतालसँग स्टेचर नभएको भनेपछि सुरु भएको थियो विवाद

११. नयाँ ब्याजदरले सेयर बजारमा पहिरो, ७६ दशमलव ६५ अंकले घट्यो नेप्से, ९ अर्बको कारोबार

१२. स्पेसएक्सले रच्यो नयाँ इतिहास, चार सर्वसाधारण सवार यानले विश्वको परिक्रमा गर्न अन्तरिक्षमा तीन दिन बिताउने

१३. चीनको लगानीमा रहेको कोइला उद्योगबाट दक्षिण–पूर्वी एसियाको वातावरणमा नकारात्मक असर, विभिन्न पश्चिमा मुलुकहरूले सम्झौता रद्द गर्दै

१४. आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको तेस्रो खेलमा नेपालले भोलि अमेरिकासँग प्रतिस्पर्धा गर्दै, खेल दिउँसो ४ः१५ बजे सुरु हुने, अर्को जितको खोजीमा नेपाल

१५. भारतसँग दुई मैत्रीपूर्ण खेल खेले पनि फिफाको वरीयतामा नेपाल यथावत, दक्षिण एसियाली राष्ट्रको वरीयतामा भने नेपाल तेस्रो स्थानमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?