८ कार्तिक २०७८, सोमवार

नेपाल र भारतका अधिकारीहरुले गरे तराई सडक परियोजनाको प्रगति समीक्षा

२०७८,भाद्र,३१,बिहीवार २०:३४


काठमाडौं । नेपाल र भारतका अधिकारीले भारत सरकारको आर्थिक सहयोगमा सञ्चालित तराई सडक परियोजनाको प्रगति समीक्षा गरेका छन् ।

नेपालको तराई क्षेत्रको सडक पूर्वाधारको सुदृढीकरणसम्बन्धी चौथो संयुक्त परियोजना अनुगमन समितिको आज भिडियो कन्फरेन्समार्फत भएको बैठकमा प्रगति समीक्षा भएको हो ।

भारतको विदेश मन्त्रालयका उत्तर महाशाखा हेर्ने सहसचिव अनुराग श्रीवास्तव र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्माको सह–अध्यक्षतामा बैठकमा नेपालमा निर्माण भइरहेका तराई सडक परियोजनाको समग्र कार्यान्वयनको समीक्षा भएको थियो ।

परियोजनाअन्तर्गत १४ वटा सडक ‘प्याकेज’मध्ये १३ वटा निर्माण सम्पन्न भइसकेको सन्दर्भमा प्राप्त उपलब्धिप्रति दुवै पक्षले सन्तुष्टि जनाउँदै कोभिड महामारीबाट उत्पन्न विषम परिस्थितिमा पनि परियोजना सफलताका साथ अघि बढेको र निर्माण अन्तिम चरणमा पुगेकामा खुशी व्यक्त गरेका थिए ।

बैठकमा नेपाली पक्षले भारत सरकारले नेपालमा सडक सञ्जाललगायतका पूर्वाधार विकासमा पु¥याएको निरन्तर सहयोगको सराहना गरेको थियो भने भारत सरकारले पनि दुई देशबीच सम्पर्क सञ्जाल विस्तारका निम्ति नेपाल सरकारसँग परिणाममुखी सहकार्य गर्न पाएकामा हर्ष प्रकट गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । अनुगमन समितिको अर्को बैठक दुवै पक्षलाई अनुकूल हुने मितिमा आयोजना गर्ने सहमति भएको छ ।

प्रकाशित मिति: २०७८,भाद्र,३१,बिहीवार २०:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज (सोमबार) अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा

फुङ्लिङ । ताप्लेजुङका सीमान्तकृत वालुङ समुदायले मनाउने सांस्कृतिक पर्व फुटुकसुरु भएको छ । दशैँको कोजाग्रत पूर्णिमाको पञ्चमी तिथिदेखि तिहारको औँसी

भ्रष्टाचारको अन्त्य हुन्छ, सुशासन आउँछ : कांग्रेस नेपाललाई स्वीजरल्याण्ड बनाउँछौँ : पुष्पकमल दाहाल (प्रचण्ड) नेपालमा पानीजहाज र रेल कुदाउँछौँ :

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनको उदघाटन सत्र नारायणी नदी किनार नारायणगढ र बन्द सत्र सौराहामा

ताजा समाचार

वालुङ समुदायको फुटुक पर्व आजदेखि सुरु
 २०७८,कार्तिक,८,सोमवार १०:३१
नेताका कुरा, किन हुँदैनन् पूरा ?
 २०७८,कार्तिक,८,सोमवार १०:०९
वालुङ समुदायको फुटुक पर्व आजदेखि शुरु
 २०७८,कार्तिक,८,सोमवार ०९:२७