अनेरास्ववियु (क्रान्तिकारी)ले त्रिविको डिन कार्यालयमा बुझायो ज्ञापन पत्र

लोकपथ
130
Shares

काठमाडौं । विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले सिंगो मानवजाति नै तहस नहस पार्ने गरी कोरोना भाइरसको महामारीले अन्य क्षेत्र झै शैक्षिक संस्था तथा विद्यार्थीहरमा गम्भीर असर पर्न गएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै त्रिविको डिन कार्यालयमा ज्ञापन पत्र बुझएको छ ।

कोभिड–१९ महामारीले गर्दा त्रि.वि. ले भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न नसकेकोले विद्यार्थीहरुले भौतिक उपस्थितिमा पाउनु पर्ने शैक्षिक सुविधा नपाएकोले विद्यार्थीहरुलाई असुविधा पर्न गएको छ। तर विडम्बना त्रि.वि. ले सम्पूर्ण विद्यार्थीहरुबाट पुरानै शुल्क असुली गरिहेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको बुझाइएको उक्त ज्ञापन पत्रमा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?