२५ किलो सालकको खपटासहित दुई जना पक्राउ

लोकपथ
1.4k
Shares

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ ।

ब्यूरोको प्रहरी टोलीले रामेछापबाट स्थानीय सोनाम तामाङ र ध्यान बहादुर तामाङलाई पक्राउ गरेको हो । उनीहरुसँग रहेको २५ किलो सालकको खपटा समेत प्रहरीले बरामद गरेको छ ।

सीआईबीका प्रवक्ता श्याम कुमार महतोका अनुसार संरक्षित वन्यजन्तुमा पर्ने सालकको खपटा (आखेटोपहार)को अवैध ओसारपसार तथा बिक्री बेचविखन हुन लागेको सूचनाका आधारमा सीआईबी टोली रामेछापमै पुगेर उक्त परिमाणको सालकको खपटासहित उनीहरुलाई पक्राउ गरेको हो ।

सीआईबीको टोलीले लिखु तामाकोशी गाउँपालिकाका तामाङद्वयलाई पक्राउ गरी डिभिजन वन कार्यालय रामेछापमा बुझाएको छ ।

प्रहरी स्रोतका अनुसार २५ केजी सालकको खपटा संकलन गर्नका लागि कम्तीमा पनि ७० देखि ७५ वटा सालक मार्नुपर्ने हुन्छ। आरोपीले रामेछापकै विभिन्न स्थानबाट सालक मारी उक्त परिमाणको खपटा संकलन गरेको सीआईबीलाई बयान दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?