नेकपा (एस) सुदूरपश्चिमको प्रमुख सचेतकमा दुर्गा विक

लोकपथ
208
Shares

धनगढी । नवगठित नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम संसदीय दलको प्रमुख सचेतकमा दुर्गा विक चयन भएकी छन् ।

बिहीबार बसेको संसदीय दलको बैठकले विकलाई प्रमुख सचेतक चयन गरेको हो ।

संसदीय दलका नेता दीर्घबहादुर सोडारीले विकलाई दलको बैठकको निर्णयका आधारमा बिहीबार नै प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।

बैठकले संसदीय दलको कार्यालय समेत स्थापना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?