उपत्यकाका प्रशासनले गरे नयाँ सूचना जारी : के–के गर्न पाइन्छ, के–के गर्न पाइँदैन ?

लोकपथ
715
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले सांकेतिकरुपमा मात्र चाडपर्व मनाउन आदेश जारी गरेको छ । आज बसेको काठमाडौं उपत्यकका तीन सीडीओको बैठकले निषेधाज्ञालाई थप खुकुलो तुल्याएको हो ।

त्यस्तै प्रशासनले कारोना संक्रमणको जोखिम न्यूनिकरण गर्ने उद्देश्यले केही व्यवस्थाहरू भने कडाई गरेको छ ।

असोज १ गतेदेखि अर्को आदेश नभएसम्म सर्तसहित विभिन्न क्षेत्रहरुलाई खुलाउने निर्णय बैठकले गरेको छ । जसअनुसार असोज १ गतेदेखि डीसीसीएमसीसँग समन्वय गरेर स्कुलहरु खुलाउन पाइने भएको छ ।

स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी न्यूनतम सहभागितामा सांकेतिकरुपमा मात्र मनाउने निर्णय पनि भएको आदेशमा उल्लेख छ ।

कोभिड संक्रमण कायमै रहेकाले अनावश्यक रुपमा घरबाहिर निस्कने, भीड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोजभतेर नगर्ने र नगराउने आदेश पनि जारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?