उपत्यकामा जारी निषेधाज्ञा निरन्तर, पछिल्लो २४ घण्टामा कति थपिए संक्रमित ? (सूचना पढ्नुहोस्)

लोकपथ
1.3k
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा अनिश्चित कालका लागि निषेधाज्ञा थप गरिएको छ । आज बसेको काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेको हो । पछिल्लो पटक थपिएको निषेधाज्ञा आज राति १२ बजेबाट सकिँदैछ ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौंमा २९६, भक्तपुरमा ३९ र ललितपुरमा ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ११ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएसँगै कुल मृतक संख्या ११ हजार २ पुगेको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ५ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या लाख ७० हजार १ सय ७६ पुगेको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ६ सय ८९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ४५ हजार २ सय १५ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?