नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार नाघ्यो

लोकपथ
338
Shares

काठमाडौं । नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ११ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएसँगै कुल मृतक संख्या ११ हजार २ पुगेको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ५ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या लाख ७० हजार १ सय ७६ पुगेको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ६ सय ८९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ४५ हजार २ सय १५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?