नेपालका कोरोना : थप १ हजार ५११ जनामा संक्रमण पुष्टि, कति जना भए निको ? (विवरणसहित)

लोकपथ
169
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर एक हजार ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार १७९ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा एक हजार ५११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार २०८ जनाको पिअिसार परीक्षण गर्दा एक हजार १६५ र तीन हजार ९७१ जनाको एन्टीजेन परीक्षण गर्दा ३४६ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै आज देशभर एक हजार ६८९ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएको छ। त्यस्तै देशभर २५ हजार ७७२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?