मेडिकलमा प्रहरीको छापा, कोरोना भाइरसविरुद्धको खोपसहित सञ्चालक पक्राउ

लोकपथ
147
Shares

धनुषा । धनुषामा कोरोना भाइरसविरुद्धको भ्याक्सिन (खोप) धनुषामा बिक्री वितरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शहिदनगर नगरपालिका–३ स्थित यदुकुहामा रहेको श्रीराम मेडिकलका सञ्चालक कमलेश मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।

मेडिकलमा बेच्नका लागि राखिएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन ६ थान फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो मेडिकलबाट भेरोसेल ४ थान, जोन्सन एन्ड जोन्सन १ थान र एस्ट्राजेनेका १ थान गरी ६ थान कोरोना संक्रमण विरुद्धको भ्याक्सिन फेला परेको छ ।

नगरपालिका र प्रहरीले संयुक्तरुपमा सो पसलमा छापा मार्दा ६ थान विभिन्न भ्याक्सिन फेला परेकाले मेडिकल सञ्चालक मण्डललाई पक्राउ गरी प्रहरीको जिम्मा लगाइएको नगरप्रमुख उदय बरबरियाले बताए । ती भ्याक्सिन २ हजार ५ सयदेखि ५ हजार रुपैयाँसम्म लिएर वैदेशिक रोजगारमा जान चाहने व्यक्तिहरुलाई बेच्दै आएको पाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?