यमनमा झडपमा परी कम्तीमा ५० को मृत्यु

लोकपथ
234
Shares

दुबइ । यमनको मध्य प्रान्त अल बायदामा भएको झडपमा परी सरकार समर्थक सैनिक र विद्रोही गरी कम्तीमा ५० मारिएका छ ।

एएफपी समाचार समितिलाई सैनिक स्रोतले जानकारी दिएको जानकारीअनुसार झडपको क्रममा मारिएका व्यक्तिहरुमा एक उच्च सैनिक अधिकारी पनि रहेका छन्।

एक कर्नेल, १९ सरकार समर्थक सैनिक, कम्तीमा ३० विद्रोही मारिएको सो स्रोतले जनाएको छ । सरकार समर्थक सेना र विद्रोहीबीच भएको झपड र हवाई आक्रमणमा परी ३० विद्रोही मारिएको बताइएको छ।

हुथी विद्रोहीहरुले मारिएका आफ्ना लडाकू संख्या कम मात्र बताएका थिए । तर कम्तीमा ३० हुथी विद्रोही मारिएका सैनिक स्रोतले दाबी गरेको छ ।

इरानको सहयोग रहेको यस विद्रोही समूहले हालैका हप्ताहरुमा अल बायदा प्रान्तमा आक्रमण बढाएको छ । साउदी अरेबियाले इरान समर्थित हुथी विद्रोहीविरुद्ध सन् २०१४ देखि हवाई आक्रमण गरिरहेको छ । यमनको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित छन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?