सिटी एक्सप्रेसको ‘सिटी आयो लखपति बनायो’ योजना सार्वजनिक

लोकपथ
52
Shares

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैं, तिहार र छठ लक्षित गर्दै लगातार ६१ दिनसम्म चल्ने ‘सिटी आयो लखपति बनायो’ उपहार योजना घोषणा गरेको छ।

सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६१ दिन लगातार हरेक दिन १ जना बिजेतालाई १०, हजार रुपैयाँ उपहार प्रदान गरिने कम्पनीले जानकारी दिएको छ। साथै हरेक महिना ५ जना जनही १ लाख रुपैयाँ उपहार पाएर २ महिनासम्म १० जना लखपति बन्न सक्नेछन्।

कम्पनीका अनुसार यो अफर असोज १ गते देखि कात्तिक ३० गतेसम्म लागू हुनेछ। अवधिभरी सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही उपहार योजनामा सहभागी हुनेछन्। यस उपहारको बिजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु हुने छैन।

सिटी एक्सप्रेसले १५ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजारभन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित भुक्तानी सेवा दिइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?