ओलीको टिप्पणी : ‘माओवादी केन्द्र प्रचण्ड गुट भइसक्यो’

लोकपथ
169
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रको अस्तृत्व टुंगिन लागेको बताएका छन् ।

बिहीबार (आज) काठमाडौंमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले माओवादी केन्द्र प्रचण्ड गुटमा परिणत भएको टिप्पणी गरेका हुन् ।

‘माओवादी केन्द्र होइन, प्रचण्ड गुट भइसक्यो । माओवादी केन्द्र यता मिलिसक्यो’, ओलीले भने ।

त्यस्तै माधवकुमार नेपालसँग गएका नेता कार्यकर्ताहरुलाई फर्किनका लागि आग्रह समेत आग्रह गरे । अन्य नेताहरुले नेपाललाई पार्टीमा आउनका लागि आग्रह गरे पनि आफूले किन बोलाउने भन्दै प्रश्न गरेका छन् । पार्टीमा नेपालको आवश्यक नरहेको बताउँदै पार्टी नेतृत्वमा गुट निर्माण मात्रै गरेको बताए ।

‘के गर्न आवश्यक छ माधव कुमार नेपाल ? उहाँ छउन्जेल पार्टीमा जहिल्यै गुट मात्रै भयो ।’

त्यस्तै तीन वर्ष आफूले सरकार चलाउँदा नेपालले कुनै पनि सहयोग नगरेको आरोप लगाए । ‘यो तीन वर्षको अवधिमा सरकारको पक्षमा कुरा गरेको काम्रेडहरुले सुन्नुभयो ?’ ओलीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?