चीनको लगानीमा रहेको कोइला उद्योगबाट दक्षिण-पूर्वी एसियाको वातावरणमा नकारात्मक असर

लोकपथ
871
Shares

बेइजिङ । चीनको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसियटि (बीआरआई) अन्तर्गत लगानी गरिएको कोइलाबाट चल्ने उद्योगहरुका कारण दक्षिणपूर्वी एसियाको वातावारणमा निकै नकारात्मक असर गरेको पाइएको छ।

चीनले लगानी गरेको उक्त पावर प्लान्टहरुबाट उत्सर्जन हुने सल्फरडाइक्साइनले वातावरणमा निकै नराम्रो असर गरेको पाइएको अध्ययनले देखाएको छ। यसको सबैभन्दा ठूलो असर भारत, इन्डोनेसिया, भियतनाम र फिलिपिन्समा परेको जनाइएको छ।

स्याटेलाइट मेजरका अनुसार चिनियाँ कोइलाबाट चल्ने पावर प्लान्टहरु स्थापनापछि सल्फरडाइक्साइडको मात्रा विस्तारै बढ्दै गएको पाइएको छ। सन् २००६ देखि २०१६ को बीचमा यो संख्या कम भए पनि त्यसपछिको अवधिमा यसको मात्रा व्यापक हुँदै गएको र पछिल्लो समय निकै ठूलो असर गरिरहेको छ।

सन् २०१८ को एक तथ्यांक अनुसार विश्वलाई उर्जा प्रदान गर्नेमध्ये चीन एक मुख्य मुलुक हो। यसले अधिकांश मुलुकहरुबाट कोइला खरिद गर्ने र सोही कोइला अन्य मुलुकहरुलाई बिक्री गरेर उर्जामा प्रयोग र्ने तथा चिनियाँ लगानीका पावरप्लान्टहरुमा प्रयोग गर्ने गरेको छ।

यो क्रम दक्षिणपूर्वी एसियामा अत्यधिक रुपमा रहेको छ। चाइना ग्लोबल इनर्जी फाइनान्सियल डाटाबेसका अनुसार सन् २००० देखि २०१७ सम्म चीनले २२५ बिलियन अमेरिकी डलर बराबरको कोइलामार्फत उत्पादन हुने उर्जामा खर्च गरेको छ। जसले गर्दा यस क्षेत्रको वातावरणीय विनाशमा सबैभन्दा ठूलो चीनको हात रहेको एक प्रतिवेदनले देखाएको छ।

चीनको लगानीमा १२ वटा मुलुकहरुमा ६३८ पावर प्लान्टहरु सञ्चालनमा रहेका छन्। जसमा अधिकांश पावर प्लान्टहरुमा कोइलाको प्रयोग गरिएको छ। यसले पावरप्लान्ट भएको करिब २० किलोमिटर क्षेत्रभित्रको वातावरणमा ९५ प्रतिशत नकारात्मक असर गर्ने उक्त प्रतिवेदनले स्पष्ट पारेको छ।

वातावरणीय विनाशका लागि पनि बीआरआई परियोजना जिम्मेवार रहेकोले यसलाई विभिन्न पश्चिमा मुुलुकहरुले सम्झौता रद्द गरिरहेका छन् भने कयौं मुलुकहरुले चीनलाई काम अघि नबढाउन आग्रह गरिसकेका छन्।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?