सेयर बजारमा भारी गिरावट

लोकपथ
299
Shares

काठमाडौं । आज सेयर बजारमा भारी गिरावट देखिएको छ । कारोबार खुलेको साढे २ घण्टा बित्दा सेयर कारोबार मापक नेप्से परिसूचक ९०.५७ अंकले घटेको छ । नेप्से परिसूचक ९०.५७ अंकले घटेर २७९८.४७ विन्दुमा झरेको छ ।

यता सेन्सेटिभ परिसूचक पनि १५.२५ अंकले घटेर ५२३.२६ विन्दुमा पुगेको छ ।

यो समाचार तयार पार्दासम्म एक करोड एक लाख ८५ हजार २६ कित्ता सेयर खरिदबिक्री भएको छ भने ५ अर्ब ७८ करोड ९९ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ ।

१३ वटा उपसमूहको सेयरमूल्यमा गिरावट आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?