वीरगञ्ज । पर्सा प्रहरीले साढे ३८ लाख रुपैयाँसहित दुई जना हुन्डी कारोबारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका– ६ माइस्थान चोकमा सञ्चालित केपी ज्वेलर्सका सञ्चालक कन्हैयाप्रसाद सोनार र सोही ज्वेलर्समा कार्यरत दीपककुमार सर्राफ रहेका छन् ।
पर्साका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले उक्त ज्वेलर्समा बुधबार छापा मारेर उनीहरुलाई रकमसहित पक्राउ गरिएको बताए ।
उनीहरूको साथबाट स्रोत नखुलेको ३८ लाख ५१ हजार रुपैयाँ बरामद भएको प्रहरीले बिहीबार जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया