खोप लगाउन आनाकानी : के कोरोनाविरुद्धको खोपले गर्भपतनको जोखिम निम्त्याउँछ ?

लोकपथ
1.4k
Shares

काठमाडौं । कोरोना संक्रमणको बढ्दो जोखिमलाई ध्यानमा राखी विश्वभर कोरोनाविरुद्धको खोपको रफ्तार बढाइएको छ । स्वास्थ्य विशेषज्ञहरुका अनुसार खोप लगाएका मानिसहरुमा गम्भीर कोरोना संक्रमण र यसको कारणले मृत्यु हुने जोखिम कम हुन्छ।

धेरै अध्ययनपछि विश्वका धेरै स्थानमा गर्भवती महिलाहरुको लागी खोपहरु सुरू गरिएको छ । तर पछिल्लो समय मानिसहरुले कोरोनाको खोपका बारे धेरै भ्रामक समाचार सुनिरहेका कारण खोप लगाउन डराइरहेका छन् ।

गर्भवती महिलाहरुमा गरिएको एक सर्भेक्षणको रिपोर्टका अनुसार धेरै गर्भवती महिलाहरु खोप लगाउन चाहँदैनन् । उनीहरु कोरोनाको खोपले गर्भपतन गराउछ भन्ने भयका कारण खोप लगाउन डराउँछन् । के साँच्चै खोपले गर्भपतन गराउन सक्छ ?

Is the Covid Vaccine Safe if Your Pregnant? – Cleveland Clinic

गर्भवती महिलाहरुमा भ्याक्सिनको प्रभावको बारेमा जान्नको लागि अध्ययन गर्ने वैज्ञानिकहरुको एक टोलीले यसबारेमा खुलासा गरेका छन् । उनीहरुले भ्रामक समाचारको पछि नलाग्न आग्रह गरेका छन् । भ्याक्सिनले गर्भपतन नगर्ने उनीहरुले बताएका छन् ।

खोप शोधकर्ताहरुका अनुसार गर्भावस्थामा खोप लगाउनको लागि सुरक्षित छ। खोपले गर्भावस्थालाई असर गर्दैन। गर्भवती महिलाहरु जसले खोप लगाउछन् अन्य महिलाहरुभन्दा कम उनीहरुमा गर्भपतनको जोखिम कम हुन्छ । रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी) र भ्याक्सिन सुरक्षा डाटालिंक (वीएसडी) का शोधकर्ताहरुको नेतृत्वमा गरिएको अध्ययन जामा पत्रिकामा प्रकाशित भएको छ।

Coronavirus Vaccine For Pregnant Women: Pregnant and getting vaccinated? Here's all you need to know

अध्ययनको लागि शोधकर्ताहरुले १५ डिसेम्बर २०२० देखि २ जुन २०२१ सम्म १ लाख ५ हजार ४ सय ४६ महिलाहरुको जाँच गरेका थिए । तीमध्ये १३ हजार १ सय ६० महिलाहरुको गर्भपतन भएको थियो । कुल जाँच गरिएकामध्ये ९२ हजार २ सय ८६ महिला गर्भवती थिए । यीमध्ये १४.३ प्रतिशत महिलाले खोपको कम्तीमा एक डोज लगाएका थिए । टोलीले नियमित महिलाहरुको अवस्था जाँच गरेको थियो । अध्ययनमा वैज्ञानिकहरुले गर्भपतन भएका अधिकांश महिलाहरुलाई खोप नलगाएको पत्ता लगाए ।

गर्भावस्थामा महिलाहरुलाई कोभिड खोपको आवश्यकता पर्दछ । खोपले गर्भवती महिलाहरुलाई गम्भीर संक्रमणबाट बचाउन सहयोग गर्छ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?